अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुँदै



पोखरा

अन्नपूर्ण सेन्चुरी पर्यटन समितीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा मिति २०७६ जेठ १७ देखी २० गतेसम्म ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’ घान्द्रुकमा हुन गइरहेको कुरा आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

जेठ १७ देखी २० गतेसम्म हुने अन्नपूर्णसेन्चुरी पर्यटन महोत्सवमा अन्नपूर्ण म्याराथनसहित विभिन्न कार्यक्रहरु हुने कुरा आयोजकले पत्रकार सम्मेलनमा जानकारी गरायो । कार्यक्रममा अन्नपूर्ण म्याराथन हुनेछ जसमा स्वदेशी तथा विदेशी दुबैले भाग लिन पाउनेछन् । त्यस्तै पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता, खुला महिला भलिबल, क्लब स्तरीय पुरुष बास्केटबल, ४० वर्षमाथी पुरुष भलिबल, साविक वडास्तरीय रस्साकस्सी, छेलो र मावि स्तरीय निवन्ध लेखन प्रतियोगिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja