आज इस्टर सन्डे



पोखरा

 

संसारभरका ईसाइ धर्मावलम्बीहरुले आज इस्टर सन्डे मनाएका छन् । ईसाइहरुको एक महान पर्व हो इस्टर सन्डे । ‘इस्टर सन्डे’ इसाईहरुले मान्ने अर्थात् आस्था गर्ने येशू ख्रीष्ट (जिजस क्राइस्ट)को पुनरुत्थानको सम्झनामा मनाइन्छ जुन कुरा बाइबलको नयाँ करारमा लेखिएको छ ।

बाइबलमा भएको नयाँ करारमा उल्लेख भएअनुसार जब मरियम मग्दलिनी र अर्की मरियम येशूलाई राखिएको चिहान हेर्न गए तब उनीहरुले रित्तो चिहान भेट्टाए । त्यसैबेला स्वर्गदूतले उनीहरुलाई येशू मृत्युबाट जिवित भई उठेको संदेश दिन्छन् । इसाईहरुको आस्था,संसारको इतिहास, पुरातत्वको खोजअनुसार येशू ख्रीष्टको पुनरुत्थान एक ऐतिहासिक घटना हो जसलाई आजसम्म कसैले खोट लगाउन सकेको छैन ।

इसाई आस्था, बाइबलको बयान र इतिहासको बयानअनुसार येशू आजभन्दा २००० वर्षपहिला संसारमा आउनुभएको कुरालाई जनाउँछ । उहाँ सारा संसारको मुक्तिदाताको रुपमा चिनिनुहुन्छ । इसाईहरुले यो हप्तालाई पवित्र हप्ता मान्छन् । इसाईहरुको आस्थाको केन्द्रविन्दु पनि येशूको मृत्यु र पुनरुत्थानमा अडिएको छ । यसको विस्तृत जानकारी बाइबलको १ कोरिन्थीको पुरै १५ अध्यायमा लेखिएको छ । “यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरुको विश्वास पनि व्यर्थ हुन्छ ।” १ कोरिन्थी १५ः१४ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja