उन्नाइस पाकिस्तानी बन्दी रिहा



पोखरा

भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी–वागा सीमाहुँदै पाकिस्तान प्रस्थान गरेका छन् ।

जासुसी र गैरकानुनी रुपमा भारतमा रहेबसेको आरोपमा पक्राउ परेका पाकिस्तानीमध्ये १९ जनालाई भारत सरकारले छाड्ने आदेश दिएको थियो । भारतीय जेलबाट मुक्त भएका विकास अहमदले सन् २००९ मा आफूलाई भारतीय प्रवेशाज्ञा नभएको आरोपमा पक्राउ गरिएको बताए। उनले भिसा नभएकै कारण १० वर्ष भारतीय जेलमा राखिएको पनि बताए। भारतीय जेलमा १३ महिना बन्दी रहेका माझी मुस्तफाले भारत र पाकिस्तानले जेलमा रहेका सर्वसाधारणलाई छोड्नु स्वागतयोग्य कदम रहेको बताए । पछिल्ला दिनहरुमा दुबै मुलुकले एकअर्का देशको थुनामा रहेका नागरिकलाई छाड्नेक्रम बढाएका छन् ।

पाकिस्तानले गत अप्रिल ३० मा ६० जना भारतीयलाई पाकिस्तानी जेलबाट मुक्त गरेको थियो जसमध्ये ५५ जना माझी थिए । पाकिस्तानी जेलबाट मुक्त भएका कैदीहरु पनि तोकिएको जेल अवधि पूरा गरेका र कतिपयलाई अदालतबाट तोकिएको जेलसजाय भन्दा पनि बढी अवधि जेलमा राखिएको थियो । भारतले हालैमात्र पाकिस्तानी जेलमा रहेका आफ्ना नागरिकलाई मुक्त गर्न अनुरोध सहित पत्र पठाएको थियो ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja