कमल थापालगायतले देशव्यापी हिन्दुधर्मको प्रचार गर्न हुने, क्रिश्चियनले बाइबल समेत बोक्न नपाउने?: बुद्ध घिसिङ



पोखरा

क्रिश्चियन समुदायका एक अगुवा तथा कानुन व्यवसायी बुद्ध घिसिङले नेपाललगायत अन्य देशमा क्रिश्चियनमाथि गरिएको भेदभावप्रति आपत्ति जनाएका छन् । नेपाल प्रहरी, दाङले हालसालै घोराहीस्थित एक होटलमा बसिरहेका ५ जना क्रिश्चियन समुदायका मानिसलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएका छन् ।

घिसिङले हालसालै श्रीलङ्कामा क्रिश्चियन समुदायप्रति गरिएको हमला एक धार्मिक समूह मात्रै नभएर सिंगो मानव विश्वकै लागि अप्रिय घटना भएको बताएका छन् । प्रहरीले घोराहीको होटलको कोठामा बसिरहेको अवस्थामा ३ नेपाली सहित एक अमेरिकी र एक भारतीय नागरिकलाई पूर्व जानकारी विना नै पक्राउ गरेको थियो। पक्राउ गर्नुको कारण कसैले ‘हेलो सरकार’लाई टिपाएको उजुरीका आधारमा यथार्थता नबुझि धर्म प्रचारको गलत बुझाइमा पक्राउ गरिएको थियो । वास्तवमा उनीहरु होटलमै बसीरहेका थिए ।उनीहरुको साथमा बाइबल भने थियो । “क्रिश्चियन अगुवाहरुको साथमा बाइबल नभएर के गीता, कुरान हुन्छ” घिसिङले भने । प्रहरीले पनि उनीहरुको साथमा बाइबल बाहेक अरु कुनै कुराको प्रमाण भेट्टाएको थिएन ।

घिसिङले क्रिश्चियनहरुसँग बाइबल भएकै आधारमा पक्राउ गरिने कुरा गैरकानुनी भएको घिसिङले बताएका छन् । “फौजदारी अपराध संहिता २०७४ अनुसार कसैले कसैको धर्म परिवर्तन गराउन वा सो को उद्योग वा दुरुत्सहन दिनु हुँदैन भनिएको छ । तर होटलको कोठामा आफ्नै साथीहरुसँग बसेको व्यक्तिले कसरी धर्म परिवर्तन गराएको हुन्छ रु” घिसिङले भने । संविधानमा कसैले कसैको धर्ममा खलल पार्न हुँदैन भनिएको छ । तर नेपालमा सरकार यस्ता साना तर संवेदनशील घटनामा गम्भीर नबन्दा यसको असर र क्षति भयावह पनि हुनसक्ने र सरकारकै लापरवाहीका कारण नेपालमै धार्मिक सहिष्णुता खलबलिन सक्ने सम्भावना हुने घिसिङले बताए ।

घिसिङले सरकार नै कुनै धर्मको पक्षमा र कुनैको विपक्षमा देखिएको बताएका छन् । “नेता कमल थापाले देशव्यापी हिन्दुधर्मको प्रचार गरिरहेका छन् । सडक नै अवरुद्ध पारी बाटोबाटोमा चोकचोकमा हिन्दुधर्मको प्रचार खुल्लमखुल्ला गरिरहेका छन् । सरकार उनलाई सुरक्षा नै दिइरहेको छ । तर एउटा साथीहरुसँग बसिरहेका क्रिश्चियनलाई बिनाकारण होटलबाटै अपराधिसरह पक्राउ गर्नु त सरासर कानून विपरित हो नि ” घिसिङले भने । उनले क्रिश्चियनहरुमाथि राज्यले नै भेद्भाव गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja