कानूनमा पनि ‘प्लस–टु’ पढाइ हुने



पोखरा

प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा कानून विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ ।

दस जोड दुई (प्लस–टु) उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ । स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्नेछन् । विसं २०५८ मा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि नेपालमा पहिलोपटक काठमाडौँको बानेश्वरस्थित सो कलेजले ‘प्लस–टु’मै कानून विषय पढाउन थालेको हो । कलेजमा पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता तथा कानूनी र शैक्षिक क्षेत्रका ज्ञाता आबद्ध छन् । कक्षा ११ र १२ मा ५०० पूर्णाङ्कको यो विषयको ‘प्लस–टु’ पास गरेका विद्यार्थीले सिधै स्नातकमा कानून विषय पढ्न पाउने छन् । काठमाडौँ महानगरपालिकाबाट विद्यालय सञ्चालनको अनुमति लिई यस वर्षदेखि कानून र व्यवस्थापन कक्षा सञ्चालनको तयारी भएको कलेजका प्रिन्सिपल विनोद तिमल्सिनाले बताए ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja