किशोरी बलात्कारका अभियुक्त छाड्ने कास्की जिल्लाका न्यायाधीश छानविनमा



पोखरा

बालिका बलात्कारका आरोपी कुमार श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका कास्की जिल्लाका न्यायाधीश लालकाजी श्रेष्ठमाथि न्यायपरिषदले छानविन गर्ने भएको छ ।उनीविरुद्ध परिषद्मा उजुरी गरेको छ ।

अदालतको अदेशपछि श्रेष्ठ थुनामुक्त भइसकेका छन् भने बलात्कृत किशोरी न्याय माग्दै न्यापरिषदसम्म पुगेकी छन् । स्रोतका अनुसार बलात्कार जस्तो संवेनदशील मुद्दामा तथ्य प्रमाण समेतले अभियुक्त देखिँदा पनि रिहा गरिनु युक्तिसंगत नदेखिएको भन्दै यो विषय प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि जानकारी गराइएको छ ।

चितवन घर भएकी १६ वर्षीया किशोरी पोखराको बसुन्धरा पार्क नजिक एक महिलाको घरमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । साथै पोखराकै एक सरकारी विद्यालयमा कक्षा आठमा पढ्थिन् । बलात्कृत भएपछि उक्त घरमा बस्न मन नलागेको र जाँच सकिएलगत्तै साथीको घरमा गएर बसेको भनेकी छन् । स्कूलबाट घर नफर्की भागेर साथी कहाँ गएपछि उनको खोजी हुने क्रममा बलात्कारको भेद खुलेको थियो । सबै घटनाक्रम, बयान र तथ्यहरुका आधारमा सुन्दर श्रेष्ठले डर त्रास र प्रलोभन देखाएर पटक पटक किशोरीमाथि जबर्जस्ति गरेको देखिन्छ । कानूनले १८ वर्षमुनीका किशोरीसँग यौन सम्बन्धलाई बलात्कार भन्छ ।

अभियुक्त श्रेष्ठ होटल ब्यवसायी भएको र उनीसँग पैसा खर्च गर्ने सामर्थ्य रहेकाले न्यायाधीशलाई प्रभावमा पारेर छुट्न सफल भएको आरोप पीडित पक्षले लगाएको छ । श्रेष्ठको पक्षमा बहस गर्न चर्चित वकिलहरु पोखरा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja