गुणस्तर चिन्ह लिने उद्योगहरु बढ्दै



पोखरा

 

आफ्ना उत्पादन गुणस्तरीय छ भनेर आम उपभोक्तालाई विश्वास दिलाउन नेपाल गुणस्तर चिन्ह लिन आउने बढ्दै छन् । सरकारले ११ थरी वस्तुको आयात र बिक्री वितरण गर्दा चिन्ह लिन अनिवार्य(बाध्यकारी) गरेको छ । यी बाहेक अरु उत्पादनका स्वेच्छिक रुपमा समेत व्यवसायीले चिन्ह लिने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ ।

गतवर्ष बाध्यकारी वस्तुमा बाहेक झण्डै दुई सयले चिन्ह लिएका छन् । यी उद्योगले ६० थरी उत्पादनमा चिन्ह लिएको विभागका निर्देशक दिपक ज्ञवलीले बताए। उनका अनुसार बाध्यकारी ११ सामग्रीबाहेक अरु उत्पादनमा व्यवसायीले चाहेको अवस्थामा गुणस्तर चिन्ह लिन सक्छन् । कुनै पनि उद्योगले गुणस्तर चिन्हको माग गर्दै दिएको निवेदनका आधारमा उद्योग र उत्पादनको निरीक्षण तथा परीक्षण पश्चात चिन्ह दिने गरिएको उनले बताए।उनले भने, “चिन्ह दिनु पहिले र पछि पनि उद्योग तथा बजारबाट ती सामग्रीको गुणस्तर परीक्षण भइरहन्छ ।” विगतका केही वर्षयता गुणस्तर चिन्ह लिने उद्योगमा खाद्यान्न उत्पादन गर्ने उद्योग बढिरहेका विभागले जनाएको छ । बजारमा प्रतिष्पर्धा बढिरहँदा आफ्ना उत्पादन गुणस्तरीय भएकाले गुणस्तर चिन्ह पाएको हो भन्ने देखाउन चाहने उद्योग क्रमिक रुपमा बढिरहेका निर्देशक ज्ञवालीले बताए । चिन्ह लिनका लागि उद्योगमा नै परीक्षण गर्ने प्रविधि र दक्षजनशक्ति दुबै चाहिने उनले बताए। गुणस्तर चिन्ह लिइसकेपछि पनि विभागले वर्षेनी बजारबाट र उद्योगमै पुगेर उत्पादनको गुणस्तर हेर्ने गरेको छ ।उनले भने, “गुणस्तर चिन्ह लिएका उद्योगलाई पटक/पटक छड्के जाँच गर्ने र गल्ती पाइएमा कारवाही हुने गरेको छ ।” विभागले देशभरमा नापतौल र गुणस्तर कार्यन्वयन गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja