द आर्ट अफ लिभिङ नेपालले ‘युथ इन एक्सन’ सुरु गर्दै



पोखरा

द आर्ट अफ लिभिङ नेपालले २०१९ को लागी “आध्यात्म, उद्यमशिलता, गतिशिलता”को नारालाई आत्मसात गर्दै राष्ट्रियस्तरको परियोजना  ‘युथ इन एक्सन’ सुरु गर्न गइरहेको कुरा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

संसारभर फैलिएको स्वयंसेवी संस्थाको नामले चिनीएको द आर्ट अफ लिभिङ संस्थाले पहिलो कार्यक्रमको रुपमा २०७६ जेष्ठ १६ देखी १८ सम्म पोखरामा १००० भन्दा बढि लक्षित १८ देखी ३५ वर्षका युवाहरुलाई भेला गरी ३ दिन ४ रातको आवासीय कार्यक्रम आयोजना गरी आध्यात्मिकतासँग सांस्कृतिक, सामाजिक र आर्थिक विषयहरु सिकाइनेछ । युवाहरुलाई सामाजिक, आर्थिक र आध्यात्मिक जागरणको माध्यमबाट राष्ट्र निर्माणमा सार्थक सहभागितामा उत्प्रेरित गर्नका लागी यस परियोजना सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

कार्यक्रमका उद्देश्यहरुः
-नेपालको बहुसांस्कृतिक, बहुजाति, र विविध भौगोलिक स्थानहरुको प्रतिनिधित्व हुने गरी सबै जिल्ला र प्रदेशबाट १००० भन्दा बढि युवाहरुलाई  ‘युथ इन एक्सन’ परियोजनामा राष्ट्र भेला गर्ने ।

-द आर्ट अफ लिभिङको ह्याप्पिनेस प्रोगाममा सहभागीसहित स्वास्थ्य, जनकल्याण तथा सकारात्मक दृष्टिकोण अभिवृद्धि आध्यात्मिकता, योग र ध्यानको महत्वको बारे प्रकाश पार्ने ।

-युवाहरुमा उद्यमशीलतासँगै सार्थक आध्यात्मिक संलग्नता भूमिका बारेमा एक नयाँ बहस सुरुवात गर्ने ।

-अनेकतामा एकता बढावा दिँदै राष्ट्र निर्माणमा युवाहरुको भूमिकालाई उजागर गर्ने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja