पोखरादेखि देहरादुन सिधा बस सेवा सञ्चालन हुने



पोखरा

पोखरादेखि भारतको देहरादुनसम्म सिधा यात्रुवाहक बस सेवा सञ्चालन हुने भएको छ ।

पृथ्वी राजमार्ग बस सेवा समितिद्वारा आगामी जेठ ८ गतेदेखि बस सेवा सञ्चालन गरिने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । सो अवसरमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साईले मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले सातामा एक दिन बुधबार बस सञ्चालन गर्ने बताए । उनले पोखरादेखि खुलेको बस नारायणगढ, बुटवल, महेन्द्रनगरबाट बनवास, रुद्रपुर, ऋषिकेश, हरिद्वार हुँदै देहरादुन पुग्ने जानकारी गराए। सो अवसरमा मोर्डन एरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक केशव अधिकारीले १२ वर्षदेखि दिल्लीसम्म बस सेवा सञ्चालन भइरहेको र अब देहरादुनसम्मको बस सेवा सञ्चालन गर्न लागिएको बताए ।

वातानुकूलित सो बसमा एक जना यात्रुको एकतर्फी भाडा रु चार हजार ३२० राखिएको छ । बुधबार पोखराबाट खुल्ने सो बस शनिबार पोखरा फर्कने समय निर्धारण गरिएको छ । सो बस सेवा सञ्चालनमा आएपछि पर्यटकको आगमनसमेत वृद्धि हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja