पोखरामा साइबर अपराध तालीम



पोखरा

साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालीम प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौँ र गण्डकी प्रदेश तालीम केन्द्रद्वारा छैटौँ समूहको उक्त तालीममा २९ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । सो तालीम वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म सञ्चालन भएको थियो । सो अवसरमा गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै आपराधिक कार्यमा प्रविधिको प्रयोगले अनुसन्धान वास्तवमै चुनौतीपूर्ण बन्दै गइरहेकाले अनुसन्धानमा प्रविधिको प्रयोगको विकल्प नरहेको बताए ।

तालीमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालीम संयोजक प्रहरी निरीक्षक विष्णु विकले दिनप्रतिदिन प्रविधि र विकासको पहुँचले आपराधिक क्रियाकलापको अनुसन्धान जटिल बन्दै गएकाले प्रविधिसँग जानकार प्रहरी जनशक्ति उत्पादनका लागि तालीम सञ्चालन गरिएको बताए। समापन कार्यक्रममा सङ्घीय प्रहरी एकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह, प्रदेश ट्राफिक प्रहरी प्रमुख वीरेन्द्रकुमार बस्याल, क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराका प्रमुख लालमणि आचार्यलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja