सङ्घीयता कार्यान्वयनमा सत्ता र विपक्ष सँगै हिड्नुपर्छ:नेता सिटौला



पोखरा

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्ण सिटौलाले जनताको बलिदानले सङ्घीय गणतन्त्र स्थापना भएको बताएका छन्।

नेपाल दलित सङ्घ मोरङको पाँचौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै नेता सिटौलाले मुलुकको विकास र जनताको आर्थिक समृद्धका लागि सङ्घीयता कार्यान्वयनका लागि सत्ता र विपक्ष सँगै हिँडनुपर्नेमा जोड दिए । बिग्रदै गएको राजनीतिक अवस्थालाई सही मार्गमा नेपाली काङ्ग्रेसले मात्र ल्याउनसक्ने दावी गर्दै उन्ले वर्तमान अवस्थामा दलितको नीति निर्माण तथा अन्य क्षेत्रमा काङ्ग्रेसले प्रतिनिधित्व गराएको दाबी गरे ।

आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले नेपाली काङ्ग्रेसले मात्र दलितको हकअधिकार स्थापित गर्ने धारणा व्यक्त गरे। सो अवसरमा दलित नेताहरुले सामाजिक, आर्थिकरुपमा दलित पछाडि रहेको बताउँदै नेपाललाई विसं २०६३ मा नै छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पनि अहिले पनि व्यवहारमा लागू नभएको गुनासो व्यक्त गरे । उनीहरुले नेपाली काङ्ग्रेसको हरेक तह र स्थानमा उचित स्थान दिनुपर्नेमा जोड दिएका थिए ।

 

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja