सुशासन र समृद्धिको लागि दूई वर्षे कार्यकाल उपयुक्त हुन्छः कल्याण गुरुङ



पोखरा

अहिले केवल गंभिर र रचनात्मक बहसको लागि यो बिषयमा प्रवेश गरेको छु । यो मेरो अत्यन्त निजी विचार हो । देशमा सुशासनको आबश्यकता छ । के हामी सुशासनको लागि गंभिर र रचनात्मक बहस गर्न तयार छौं ?
यदि तयार छौं भने सुशासन र समृद्धिको लागि गंभिर बहस गरौं ।

अहिले नेपालको संबिधानमा प्रतिनिधि सभा तह, प्रदेश सभा तह र स्थानीय तह (जिल्ला समन्वय समिति, महानगर पालिका, उपमहानगर पालिका, नगर पालिका र गाउँ पालिका) को कार्यकाल पाँच बर्ष कायम गरिएको छ ।
निर्वाचनमा दिएको मतको आधारमा आम जनताको अभिमत बढीमा दुई बर्षमा परिबर्तन हुन पनि सक्दछ । जन अभिमतको आधारमा पाँच बर्षको कार्यकाल लामो पनि हुन सक्दछ।

बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रमा लोकप्रिय पार्टी र ब्यक्तिहरु दुई बर्षपछि पनि पुनः निर्बाचित भएर आउन सक्दछन् । लामो कार्यकालले सुशासनलाई पनि प्रभावित गर्न सक्दछ ।
यसैले नेपालको संबिधानमा संशोधन गरेर प्रतिनिधि सभा तह, प्रदेश सभा तह र स्थानीय तह सबैको कार्यकाल “दुई बर्ष” राख्नु उपयुक्त हुन सक्दछ या उपयुक्त हुन सक्दैन रु बहस गरौं ।
सबै तहमा ‘दुई बर्ष’ को कार्यकाल राख्दा यसले प्रत्यक्षरुपमा निर्वाचन खर्च बढाए पनि अप्रत्यक्ष रुपमा भ्रष्टाचार घटाउन र सुशासन कायम गराउन प्रभावकारी भुमिका खेल्छ ।

अहिले सबै तहमा हुने भ्रष्टाचारको रकम र बिगबिगीलाई हेर्ने हो भने हरेक दुई बर्षमा हुने निर्वाचनको खर्च तुलनात्मक रुपमा कम हुन सक्दछ ।
अझ सुशासन कायम हुने हो भने देशमा समृद्धि हुन समय लाग्दैन । नेपालमा सुशासन को लागि धेरै तत्वहरुले प्रभावित गरि रहेको हुन्छ ।

नेपालमा निर्वाचित निकायहरुको कार्यकाल लामो हुनु र देशमा तल्लो तहसम्म भ्रष्टाचारको जालो फैलनु लगायतले आम नागरिकमा सुशासनको प्रभावकारीरुपमा अनुभुति दिलाउन सक्दैन ।
यसैले नेपालको संबिधानमा संशोधन गरेर हरेक प्रतिनिधि सभा तह, प्रदेश सभा तह र स्थानिय निकाय तहको हरेक निर्वाचित तहको कार्यकाल दुई बर्ष र हरेक तहको निर्वाचन दुई बर्षमा गर्ने प्राबधान गर्न सकियो भने सुशासन र समृद्धिको लागि उपयुक्त हुन सक्दछ या उपयुक्त हुन सक्दैन रु आऔं, गंभिर र रचनात्मक बहस एवं चिन्तन गरौं ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja