अन्तरघातीलाई कारवाही गर्ने देउवाको चेतावनी



पोखरा

नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीभिक्र अन्तरघात गर्नेलाई कारवाही गर्ने अठोट व्यत्त गरेका छन्।

पिताजी कृष्ण कोइराला स्मृति परिषद्द्वारा शनीबार आयोजित प्रजातान्त्रिक आन्दोलनका योद्धा राजनीतिक विश्लेषक नरहरि आचार्यलाई सम्मान गर्दै उनले भने, “अन्तरघातीलाई कारवाही गर्दा पार्टी रित्तिए अथवा आगामी निर्वाचनमा पराजय भए पनि होस् तर कारवाहीबाट पछाडि हट्दिन ।” सभापति देउवाले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको टिप्पणी गर्दै आन्तरिक प्रजातन्त्र भने अहिलेसम्मै सबैभन्दा बढी भएको दाबी गरे । उनले विगतमा डरले बोल्न नसक्ने आफू सभापति भइसकेपछि पार्टीभित्र र बाहिर निर्धक साथ बोल्न थालेको बताए । उनले गणेशमानसिंह र कृष्णप्रसाद भट्टराईले जसरी पार्टी छाडेर हिँड्नुपर्ने अवस्था आफ्नो कार्यकालमा आउन नदिने प्रष्ट पारे । निर्वाचनमा पार्टीकै नेतालाई हराएर आफूलाई बहादुर ठान्ने काङ्ग्रेसभित्र रहेको बताउँदै सभापति देउवाले विगतमा मोरङ क्षेत्र नं ६ अन्तर्गतका संसदीय र प्रदेशसभा निर्वाचनमा दुई विजयी सांसदले अन्तर्घात गरी संसद्का उम्मेदवारलाई पराजय भोग्न बाध्य पारेको दाबीसमेत गरे ।

केन्द्रीय सदस्य महेश आचार्यले केन्द्रीय सदस्य महेश आचार्यले राजनीतिक स्थिरताका लागि विधिको कायम हुनुपर्छ भने । सम्मानित काङ्ग्रेस नेता नरहरि आचार्यले सबैको योगदानबाट मुलुकमा प्रजातन्त्र र लोकतन्त्र आएको बताउँदै यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja