अफगान सैनिक कारबाहीमा ३९ लडाकूको मृत्यु



पोखरा

अफगानिस्तानको विभिन्न ठाउँमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा ३९ लडाकू मारिएका छन् ।

अशान्त रहेको देशको उत्तरी फर्याब र कुन्दुज प्रान्तमा उनीहरु मारिएको सैन्य श्रोतले सोमबार जनाएको छ ।

मारिएका सवै जना तालिबान लडाकू रहेका श्रोतको दावी छ । श्रोतका अनुसार कारबाहीका क्रममा अरु दश जना घाइते पनि भएका छन् ।

अफगान हवाई सुरक्षा फौजले फर्याबको क्वयसार जिल्लामा रहेको तालिबान लडाकूहरुको अखडामा विस्फोटन गराएको थियो ।

आइतबार राति गराइएको सो विष्फोटनमा परी २८ भन्दा बढी लडाकू मारिएका हुन् भने अरु आठ जना घाइते भएको सरकारी सेनाका एक जना प्रवक्ता हानिफ रेजैले जानकारी दिए ।

यसअघि तालिबान लडाकूहरुले क्वयसारमा रहेको सुरक्षा चौकीमा शनिबार राती आक्रमण गरेका थिए । आक्रमणमा परी २१ जना सैनिक र प्रहरी मारिएका थिए भने अरु दश जना घाइते भएका थिए । सोही घटनाको जवाफी कारबाही स्वरुप सुरक्षा फौजले आइतबार आक्रमण गरेको हो ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja