अमेरिकाको लस एन्जलसबाट एक हजार बन्दुक जफत



पोखरा

अमेरिकाको लस एन्जलस शहरबाट सरकारी अधिकारीहरूले एक हजारभन्दा बढी हातेबन्दुक र राइफलहरू जफत गरेका छन् । “हामीले ठूलो मात्रामा हातहतियारहरू जफत गरेका छौँ,” एक सरकारी सुरक्षा अधिकारीले भने ।

ती हतियारहरू सर्वसाधारणका लागि खतरापूर्ण लागेकाले नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरूको भनाइ छ । हातहतियारहरू जफत गर्ने क्रममा एक जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको उनीहरूले जनाएका छन् । “मैले काम गर्न थालेको अहिले ३१ वर्ष भयो, अहिलेसम्म यति धेरै हातहतियार मैले देखेको थिइन,” एक प्रहरी अधिकारीले पत्रकारहरूसँग भने । केही समय अगाडि यस्तै हातहतियारहरूको प्रयोगले हिंसात्मक घटना भएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि खतरा लागेका हातहतियारहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja