असंसदीय शब्द हट्यो, राम्रो भयो : सभापति देउवा



पोखरा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघिको संसद्मा बोलिएको असंसदीय शब्दलाई तत्काल हटाउन सभामुखले हिम्मत गर्न नसकेको बताएका छन् ।

पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले संसद्मा प्रधानमन्त्रीले संसदीय परम्परा बाहिर गएर बोलेको जिकिर गर्दै बोलिएका शब्द ढिलो भए पनि रेकर्डबाट हटाइँदा राम्रो भएको बताए । देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रता, न्यायालय सबै क्षेत्रमा हस्तक्षेप भएको भन्दै पार्टीले थालेको जनजागरण अभियानका क्रममा सरकारले गरेका गलत कामको खबरदारी गर्न लागिएको बताए। देउवा सम्मानित काङग्रेस सभापति देउवालाई महेशरामायण सभा (सीताराम माध्यमिक विद्यालय) डोटीले त्यहाँ गरेको कार्यक्रममा सम्मानित गरिएको छ । सभाले आफ्नो हीरक (६०औँ स्थापना दिवस)का अवसरमा गरेको कार्यक्रममा उक्त विद्यालयबाट विसं २०१९ मा प्रवेशिका परीक्षा(एसएलसी) उत्तीर्ण गरेका पूर्वप्रधानमन्त्री देउवालाई सम्मानित गरिएको हो । समारोहमा नेकपाका नेता एवं सांसद लेखराज भट्ट, पूर्वसांसद भक्तबहादुर बलायर, वीरबहादुर बलायर, प्रदेशसभा सदस्य पूर्णा जोशी लगायतलाई पनि सम्मानित गरिएको थियो ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja