आजदेखि चितवन हात्ती महोत्सव



रासस

पोखरा, ११ पुस ।

पन्ध्रौं चितवन हात्ती महोत्सव आजदेखि शुरू हुँदैछ।

सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। 

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण यसको महत्त्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्दै समाजमा चेतना अभिवृद्वि गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए।

जंगल जंगली जनावर राष्ट्रका साझा सम्पत्ति भएकाले तिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो,’ उनले भने।

महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिँदै छ। 

महोत्सवका क्रममा साहित्य पर्यटन विषयक विशेष कार्यक्रम आयोजना गरिनेछ।

स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुन लागेको हो। 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja