आजबाट देशभर गरुढपुराण



पोखरा आज
पोखरा, ४ माघ ।

आजबाट देशभर नेपाली चलचित्र गरुढ पुराण रिलिज हुने भएको छ । यो चलचित्रको ट्रेलर रिलिजसँगै यसले दर्शकको ध्यान खिच्न सफल भएको हो । कमेडिले भरिएको भनिएको यो फिल्मले दर्शकलाई तानिरहेको छ । ‘गरुढ पुराण’लाई चलचित्र सेन्सर बोर्डले ‘पीजी सर्टिफिकेट’ पनि दिइसकेको छ ।

सुवास कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रले ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथालाई प्रस्तुत गरेको छ । माघ महिना विवाहको महिना भएको र चलचित्रले पनि यस्तै कथा बोकेकाले माघमा रिलिज गर्न लागेको निर्माणपक्षले बताएको छ । चलचित्रमा समावेश ‘म त पिरेममा परे’ बोलको गीत अहिले चर्चामा छ । चलचित्रमा नायक नाजिर हुसेन ब्यान्ड बाजा बजाउने यूवाको भूमिकामा छन् ।

फिल्मको कथामा कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टसहितको मुख्य भूमिका छ । चलचित्रमा पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवास कोइरालाको छ । रिलिज हुन लागेको ‘गरुण पुराड’ले माघको जाडोमा दर्शक हसाँउने अपेक्षा यसको निर्माणपक्षको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja