इरानमाथिको प्रतिबन्ध र अस्थिरताले आर्थिक वृद्धिमा सङ्कुचन



पोखरा

इरानमाथिको अमेरिकी प्रतिबन्ध, मध्यपूर्व र उत्तरी अफ्रिकामा बढ्दो अराजकता तथा तेलको मूल्यमा भएको अस्थिरताले यस क्षेत्रको आर्थिक वृद्धिमा असर पर्न सक्ने अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ ।

कोषको अर्धवार्षिक आर्थिक परिदृश्यमा अस्थिरताले आर्थिक वृद्धिमा कालो बादल मडारिएको उल्लेख छ । “यस्तो अस्थिरताले लगानीकर्ताको विश्वास गुम्ने खतरा छ जसका कारण पूँजी पलायन हुने र परिवत्र्य मुद्राको सटहीमा दबाब निम्तिने छ ।” कोषले साउदी अरेबियापछि दोस्रो ठूलो अर्थतन्त्र रहेको इरानको अर्थतन्त्र यस वर्ष ६ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । इरानको अर्थतन्त्रमा सन् २०१८ मै ३।९ प्रतिशतले कमी आएको थियो । संयुक्तराज्य अमेरिकाले गत वर्षदेखि इरानी आणविक कार्यक्रमलाई लिएर प्रतिबन्धहरु घोषणा गरेको थियो ।

कोषका मध्यपूर्व तथा मध्य एसियाका निर्देशक जिहाद आजूरले इरानी तेल उद्योगलाई लक्षित गरी गत साता अमेरिकाले गरेको प्रतिबन्धका घोषणाले परिस्थितिलाई अझ जटिल बनाउने बताए । उनले प्रतिबन्धकै कारण इरानमा मुद्रास्फिती करिब ५० प्रतिशत वृद्धि भइसकेको जानकारी दिए । समग्रमा क्षेत्रीय आर्थिक वृद्धि सन् २०१८ को तुलनामा यस वर्ष १.३ प्रतिशत मात्र हुने अपेक्षा गरिएको छ । यस्तो वृद्धि सन् २०१८ मा १.४ प्रतिशत थियो । सन् २०१९ मा तेल निर्यात शून्य दशमलब ४ प्रतिशत हुँदैछ । कोषले आर्थिक वृद्धि न्यून हुनुमा तेल निर्यातमा समस्याका अलावा बढ्दो द्वन्द्व, भ्रष्टाचार, सुधारमा सुस्तता, ऋणको बढ्दो भार तथा तेलको मूल्यमा हुने घटबढ रहेका छन् । “सामाजिक तनाब बढ्दो छ, बृद्धिदर न्यून छ र सुधारका पक्षमा ज्यादै कम मात्र काम भएका छन्,” कोषले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja