कपिलवस्तुमा सिकलसेलका तीन बिरामी



पोखरा

पूर्वको नवलपरासीदेखि पश्चिम कैलालीसम्म तराईको थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमिया वाणगङ्गा नगरपलिकामा तीनजना बिरामी फेला परेका छन् ।

कपिलवस्तुको वाणगङ्गा नगरपलिकामा थारु समुदायको जनसङ्ख्या बढी छ । कुल जनसङ्ख्याको करीब ४५ प्रतिशत थारु समुदायको बसोवास रहेको नगरपालिकाको धनकौली, बोर्डगाउँ र चम्कीपुरमा एक÷एकजना गरी तीनजना सिकलसेल एनिमियाबाट मृत्यु भएको नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले बताएका छन्। सिकलसेल एनिमिया उनीहरुको कोषमार्फत आफ्ना सन्तानमा सार्न सक्छन् । एनिमिया जीवाणु रहेका पुरुष र महिलाबीच विवाह भएमा उनीहरुले जन्माउने सन्तान यस रोगबाट सङ्क्रमित हुने चिकित्सक बताउँछन् । वाणगङ्गा नगरपलिकाले गत आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि रु तीन लाखको हाराहारीमा बजेट छुट्ट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja