काँग्रेसकै नेता भ्रष्टाचारमा मुछिए पनि छाडिन्नः गण्डकी प्रदेशका प्रभावशाली नेता अर्जुन जोशी



पोखरा

गण्डकी प्रदेशका प्रभावशाली नेता अर्जुन जोशीले काँग्रेसभित्रैका नेताहरु भ्रष्टाचारमा संलग्न भए पनि काँग्रेसले त्यसलाई नछाड्ने बताएका छन् ।

आज पोखरामा आयोजित काँग्रेस जागरण अभियानको ३ नं. क्षेत्रको कार्यक्रममा नेता जोशीले भ्रष्टचार विरुद्ध काँग्रेस सदैव प्रयत्नरत रहने बताएका छन् । उनले वाइडबडि काण्डको प्रसंग निकाल्दै स्वयं सभापति देउवाले संसदमा यस काण्डको आवाज उठाएकाले देउवाको यस काण्डमा कुनै सम्बन्ध नरहेको जोशीको भनाई थियो । उनले काँग्रेस सत्ताबाहिर मात्र नभएर सत्तामा हुँदा पनि भ्रष्टाचार विरुद्ध उभिएको कुरालाई औँल्याए । उनले तत्कालिन माओवादिका बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थात् काँग्रेस सत्तामै हुँदा, भ्रष्टाचारका अभियोग लागेका काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवि वाग्लेलाई काँग्रेसले बचाउन नखोजेको बताउँदै काँग्रेसले भ्रष्टचारमा संलग्न कसैलाई छाड्दैन भनी प्रष्ट पारे ।

कार्यक्रममा जोशीले अहिलेको सरकारले मिडिया तथा सामाजिक सञ्जाललाई नियन्त्रण गर्नपट्टि लागेको तथा मानवअधिकार हनन हुने कार्यहरु गरिरहेको आरोप लगाए । उनले सरकारले नागरिकलाई लोकतन्त्रले दिएको अधिकारअनुसार बोल्न नदिएको कुरा निकाल्दै नागरिकको सचेत र निरन्तर खबरदारीले मात्र लोकतन्त्र बलियो हुने कुरा औँल्याए । जनताको न्याय, मुलुकको स्वाधिनता र स्थिरताका लागी काँग्रेस बलियो हुनुपर्ने बताउँदै अब पनि काँग्रेस नजागे अब आउने पिढिलाई प्रजातन्त्र दिलाउन नसकिने बताउँदै काँग्रेसलाई जाग्न जोशीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja