काँग्रेस जागरण अभियानमा भातृसंस्थाको परिचालन



पोखरा

देशभर भइरहेको काँग्रेस जागरण अभियानमा काँग्रेसका भातृसंस्थाहरु विभिन्न क्षेत्रमा परिचालन गरिने जनाइएको छ ।

नेपाली काँग्रेसका शुभेच्छुक तथा भातृसंस्थाहरुको पार्टि कार्यालय कास्कीमा आज बसेको बैठकमा नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा कास्की जिल्ला प्रतिनिधि अर्जुन जोशीले काँग्रेसका विभिन्न भातृसंस्था परिचालन गरिने बताएका छन् । बैठकमा बोल्दै काँग्रेस नेता जोशीले भातृसंस्थाका प्रतिनिधिहरुलाई यस जागरण अभियानमा हरेक भातृसंस्थाले फरकफरक मुद्दामा, जस्तो तरुण दलले भ्रष्टाचारको मुद्दामा,मुस्लिम संघले मुस्लिमका मुद्दा, महिलाले महिलाको मुद्दामा हेरी, आफ्नो क्षेत्राधिकार भित्ररहि आफै कार्यक्रम तय गरी, आमजनसरोकारका विषयमा जनतामाझ लैजान अनुरोध गरे। साथै काँग्रेस नेता जोशीले जनतामा भएका समस्याहरुको सुनुवाइ गरी देशभरका जनतामा काँग्रेसको भरोसा दिन लाग्नको लागी  हरेक भातृसंस्थालाई आग्रह गरे ।

काँग्रेस कास्की जिल्ला सभापति कृष्ण केसी तथा सचिव सुदिपमोहन भट्टराईले भातृसंस्थाहरु काँग्रेसका जग तथा अंगहरु भएकाले सम्पुर्ण भातृसंस्थामा आवद्ध व्यक्तिहरुलाई उपयुक्त जिम्मेवारी दिइ काँग्रेस जागरण अभियान अगाडि बढ्ने प्रष्ट पारे ।

बैठकमा कास्की जिल्ला काँग्रेसका सम्पुर्ण भातृसंस्था(नेवि संघ, तरुण दल, महिला संघ, प्रेस युनियन, प्रजातान्त्रिक प्रध्यापक संघ )लगायतका सभापतिहरु तथा नेवि संघ निवर्तमान केन्द्रिय सदस्यहरु पुनम भट्ट भट्टराई, देवकृष्ण पराजुली, भानु ढकाल, गोपाल गुरुङ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja