गाउँको खेतबारीमा फैलिएको गाँजा नष्ट



पोखरा

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको खेतबारीमा फैलिएको गाँजालाई स्थानीयको पहलमा नष्ट गरिएको छ ।

अर्मनको करसिम्ला, खारपानी, छिस्वाङ, तातोपानीलगायतका स्थानमा प्राकृतिक रुपमा उम्रेर फैलिएको गाँजाका बोटलाई वडाध्यक्ष भुपेन्द्र क्षेत्री, बाबियाचौर प्रहरीचौकीका अशोक पौडेल, हिदी खहरे आमा समूह, स्थानीय युवाको प्रयासमा जलाएर नष्ट गरिएको स्थानीय तारा क्षेत्रीले बताए ।

उनका अनुसार दुव्र्यसनीमुक्त समाज बनाउने प्रहरीको अभियानलाई निरन्तरता दिन गाँजाको बोट नष्ट गरिएको हो । गाउँमा व्यावसायिकभन्दा पनि प्राकृतिक रुपमा फैलिएका बोटलाई दुरुपयोग गर्दै गाउँ तथा आसपासका क्षेत्रका साथै दुव्र्यसनीमा फसेकाको नजर पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिने वडाध्यक्ष क्षेत्रीले बताए ।

पछिल्लो समय स्कूले बालबालिका समेत कुलतमा फस्न थालेपछि प्रहरीले शहरदेखि ग्रामीण क्षेत्रसम्म गाँजासहित लागुपदार्थ दुव्र्यसनीलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । गाँजा नष्ट गर्ने क्रममा प्रहरीले गाँजाका बोट देखेमा जानकारी गराउनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ । खेतबारीमा आफैँसमेत गाँजा फैलने गरे पनि सर्वसाधारणले बेवास्ता गर्ने गरेका छन् । प्राकृतिक रुपमा फैलिएको गाँजा सङ्कलन गरेर बिक्री गर्ने र गाँजा भएकै स्थानमा पुगेरसमेत सेवन गर्ने गरेको भेटिएपछि स्थानीयवासीले समेत गाँजा नष्ट गर्न सक्रियता देखाएका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja