जनतालाइ दिएको प्रतिबद्धता पुरा गर्दै, प्रदेश सांसद विन्दुकुमार थापा



पोखरा ।।
कास्की क्षेत्र नं.२ (ख) बाट निर्वाचित सांसद विन्दुकुमार थापाले निर्वाचन अघी जनतासामु गरेको प्रतिवद्धता अनुरुप आफुले राज्यबाट पाएको सेवा सुविधा सामाजिक कार्यमा खर्च गरेको जानकारी गराए । थापाले आफुले पाएको सम्पूर्ण तलब भत्ता खेलकुद क्लबहरुमा, ट्रष्ट निर्माण कार्यहरुमा , अक्षयकोष स्थापना लगायतका विभिन्न किसीमका धार्मिक र अन्य सामाजिक कार्यमा सहयोग गरेको व्यवहोरा पत्रकार सम्मेलन मार्फत लिखित प्रमाण सहित जानकारी गराए ।

आफु निर्वा्चित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्र र प्रदेशबाट प्राप्त विकास आयोजना र त्यसको निर्माण अवस्थाबारे पनि पत्रकार लाई जानकारी गराए । आफु निर्वाचीत भए देखी अहिले सम्मको अवधिमा ३ वटा समिति र उपसमितिमा रहेर काम गरेको अनुभव सुनाउँदै,
आफु संयोजक रहेको दुईवटा समिति प्रदेशको नामाकरण र यसको राजधानी तोक्ने जिम्मेवारी कुशला पूर्वक समपन्न गरेको यर्थाथ जनता सामु नै रहेको बताए । विकास निर्माण र अन्य जनसरोकारका काम गर्दा आफूलाई सहयोग गर्ने प्रतिपक्ष दलका सरोकारवाला व्यक्तीत्व लगायत सम्पूर्णलाइ धन्यवाद दिदै कास्की क्षेत्र २ (ख)मा भएका ६ वटा वडाको समानुपातिक विकासका लागी आफूले पहल गरी रहेको जानकारी गराए ।
संघीय संरचनाको निर्वाचन पछि कास्की २ (ख) मा २२ वटा ठूला तथा मझौला विकास आयोजना छनौट र कार्यान्वयनको चरणमा रहेको जानकारी दिदैं, सांसद थापाले सडक, कृषि, आकासे पुल, स्कुल तथा क्याम्पसको पूर्वाधार तथा शैक्षिक गुणस्तर बृद्धि र पर्यटन विकास लगायतका योजनाहरुमा काम भैरहेको बताए ।
फरक प्रसंगमा सांसद थापाले ,सरकारले राजनीतिक प्रभावमा परेर काम गरेको आरोप लगाउँदै थापाले आँफुले चाहीँ कुनै पूर्वाग्रह नराखी सर्वदलीय बैठकबाट योजना छनौट गरेको स्पष्ट पार्दै, स्थानीय, प्रदेश र केन्द्रीय सरकारमा समन्वयको अभावमा विकास निर्माणका कार्यमा बाधा पुगीरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja