जुम्लामा अज्ञात रोगले गाउँले धमाधम बिरामी



पोखरा

जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् ।

पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए। प्रत्येक घरमा बिरामी खाली नभएको उनले बताए । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको उनले बताए । शिक्षक कुँवरका अनुसार विद्यार्थी शिक्षकसमेत बिरामी परेपछि पठनपाठनसमेत प्रभावित भएको छ ।

सबै उमेर समूहका व्यक्तिलाई अज्ञात रोगले सताएको स्थानीय सूर्य बुढाले बताए । स्वास्थ्य संस्था भने बेखबर भएको स्थानीयले गुनासो गरेका छन् । रोगले विस्तारै तातोपानी–७ का सर्मी, सुर्की, ताम्ती र बारागाउँमा समेत असर पारेको वडा नम्बर ७ का वडाध्यक्ष मकरबहादुर रावतले बताए । अब छिट्टै स्वास्थ्यचौकीसँग समन्वय गरेर उपचार अघि बढाइने उनले बताए । जनता सेवक आधारभूत काटिया सर्मीका विद्यार्थीको स्वास्थ्य अवस्था बुझेर उपचार गरिने लामाबगर स्वास्थ्यचौकीका इञ्चार्ज भूपेन्द्र पाण्डेले बताए ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja