झडपमा छ तालिबानी मारिए



पोखरा

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भएको झडपमा परी छ आतङ्ककारी मारिएका छन् ।

सो झडपमा परी तीन सरकारी सुरक्षा अधिकारीको मृत्यु भएको छ । यसैगरी यस झडपमा परी नौ आतङ्ककारी घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । फराह प्रान्तको प्रान्तीय शहर फराह सिटीको उत्तरी इलाकामा रहेको दुई ओटा गाउँमा रहेको प्रहरी चौकीमा उक्त झडप भएको थियो । सो आक्रमणको सुरक्षा अधिकारीहरुले गरेको जवाफी कारबाहीमा परी छ आतङ्ककारी मारिएका थिए ।

राजधानी काबुलबाट करिब ६ सय ९५ किलोमिटर पश्चिममा रहेको फराह प्रान्तको उक्त इलाकामा सुरक्षाबल र तालिबान लडाकूबीच भारी झडप भएको थियो । गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी व्यक्तित्व र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानको ३४ ओटा प्रान्तमध्ये २५ ओटामा अझै तालिबान आतङ्ककारी समूह र सुरक्षा अधिकारीबीच झडप जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja