तिनाउ गाउँपालिकामा झाडापखालाबाट ९५ बिरामी



पोखरा

पाल्पाको तिनाउ गाउँपालिका–४ बोउरीडाँडामा झाडापखालको प्रकोप फैलएिको छ ।

बोउरीडाँडाका समिबहादुर ठाडाको आमाको १३औँ दिनको सुद्दीभोग खाँदा ९५ जना झाडापखालबाट बिरामी भएका हुन् । झाडापखालका १० जना बिरामी तानसेनको प्रभासस्थित लुम्बिनी मेडकिल कलेजमा उपचार भइरहेको छ भने अन्य बिरामीको उपचार बरीडाँडामा स्वास्थ्यकर्मीको टोलीले गररिहेको छ । एकाइ स्वास्थ्य प्रमुख बिन्दु थापाका अनुसार झाडापखालाका बिरामीलाई स्लाइनपानी चडाएर औषधी उपचार भइरहेको छ । स्वास्थ्यकर्मीको टोली बस्तीमा पुगेर उपचारमा सक्रिय भएका छन् । वडाध्यक्ष दानबहादुर गाहाले अहिले बस्तीमा दुई टोली स्वास्थ्य र गाडीको व्यवस्थापनमा गएको बताए। बिरामीलाई झाडाबान्ता, पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने र रिंगटा लाग्ने समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja