दिशा रिप्लेस, ‘बागी ३’ मा श्रद्धाको इन्ट्री



पोखरा, १ फागुन ।

बलिउड सुपरस्टार टाइगर श्राफको हिट सिरिज ‘बागी’ मा सबैभन्दा पहिला अभिनेत्री श्रद्धा कपूरलाई लिड रोलमा कास्ट गरिएको थियो । फिल्मले बक्सअफिसमा सानदार कमाई गर्‍यो । तर, जब फिल्मको दोस्रो सिक्वेलमा काम सुरु भयो तब टाइगरकी गर्लफ्रेण्ड दिशा पटानीले श्रद्धालाई रिप्लेस गरिन् । 

अब फिल्मको तेस्रो पार्टको कहानी तयार छ । चर्चा फिल्मको हिरोइनलाई लिएर छ । तेस्रो सिक्वेलमा भने श्रद्धाले दिशालाई रिप्लेस गरेकी छन् । ‘बागी’ को तेस्रो पार्टमा टाइगरसँग श्रद्धा फेरि फर्किएकी छन् । ‘बागी ३’ को प्रोजेक्टमा अनुबन्ध भएपछि श्रद्धा फेरि परिवारमा फर्किएकोमा खुसी व्यक्त गरेकी छन् । 

‘फेरि फेमिलीमा फर्किएका काण एकदम खुसी छु । यो साज‍िद सरसँग मेरो तेस्रो फिल्म हो, टाइगरसँग दोस्रो र अहमद सरसँग पहिलो । मैले फिल्मको स्क्रिप्ट पढें, कहानी निकै सानदार छ’, श्रद्धाले भनिन् । यसअघि उनको रोल अभिनेत्री सारा अली खानलाई अप्रोच गरिएको छ । तर, उनले रिजेक्ट गरेकी थिइन् । 

२०१६ मा रिलिज भएको ‘बागी’ फिल्मको पहिलो सिरिजले करीब १३७ करोड कमाएको थियो, जबकि फिल्म ३७ करोडमा निर्माण भएको थियो । २०१८ मा आएको ‘बागी २’ ले २५३ करोड छापेको थियो । फिल्मको निर्माण लागत ५९ करोड थियो । अब तेस्रो पार्ट पनि हिट हुने अनुमान गर्न थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja