दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताएका छन्।

तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजित कार्यक्रममा उनले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा बिजुली पु¥याइने बताए । प्रदेशका नौ प्रतिशत घरधुरीमा बिजुली पुग्न बाँकी रहेको र नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी सबै घरमा बिजुली पु¥याउन प्रदेश सरकार लागि परेको उनको भनाइ थियो । उनले जलविद्युत्मा गण्डकी प्रदेश सबैभन्दा धनी भए पनि केही घरधुरी अझै पनि अन्धकारमा बस्न बाध्य भएको बताए। भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले विकासको काममा अब प्रदेश अगाडि बढिसकेको बताए । पाँच वर्षभित्र प्रदेशलाई सबैभन्दा समृद्ध प्रदेश बनाइने उनले उल्लेख गरे । प्रदेशका १५ प्रतिशत घरधुरीमा खानेपानी सुविधा नपुगेको हुँदा दुई वर्षभित्रमा नै सबै घरमा खानेपानी सुविधा पुग्ने उनले बताए। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत्सम्बन्धी समस्या समाधान गर्न मुख्यमन्त्री गुरुङ समक्ष अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja