प्रदेश नं १ को नाम किरात राख्न माग



पोखरा

किरात राई यायोक्खाले प्रदेश नं १ को नाम किरात राख्न माग गरेको छ । किरात शब्दले बहुपहिचान झल्किने भएकाले प्रदेश नं १ को नाम किरात राख्न सो प्रदेशका आम भूगोलवासीलाई सहयोग र समर्थन गर्न यायोक्खाले आग्रह गरेको छ ।

प्रदेशको नामसँग सम्बन्धित रहेर यायोक्खाले आयोजना गरेको पत्रकार सम्मेलनको प्रदेशको नाम किरात नराखे आन्दोलन हुने चेतावनी दिएको हो । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले उक्त प्रस्तावमाथि समर्थन वा सहयोग गरिदिन प्रदेश नं १ का सांसद, मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख र सांसदहरुलाई ध्यानाकर्षण गराउँदै आएको जानकारी दिए। विज्ञप्तिमा भनिएको छ, “किरात इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति हो ।” इतिहास र सभ्यताको सबैले सम्मान गर्नुपर्ने उल्लेख छ । किरात शब्दले बहुपहिचान झल्किने दाबी गर्दै प्रदेश नाम राख्न आम भूगोलवासीलाई सहयोग र समर्थन गर्न आग्रह गरिएको यायोक्खाको महासचिव जनक राईले बताए ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja