नेपालमा पहिलोपटक मानिसमा बर्डफ्लु देखियो, नडराई सजग रहन सरकारको आग्रह



पोखरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्ड फ्लूबाट एक जनाको मृत्यु भएपछि सर्वसाधारणमा त्रास फैलिएको बेला सामान्य सावधानी अपनाएर रोगबाट बच्न सकिने बताएको छ ।

इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको सावजनिक भएको छ । बर्ड फ्लूबाट काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको हो । उनको पहिचान भने खुलाइएको छैन । चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका बिरामीको उपचारको क्रममा स्वासप्रश्वासमा समस्या भइ चैत १५ गते मृत्यु भएको थियो । उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइएको थियो । मृृत्युपछि उनको र्यालमा कुन भाइरस थियो भन्ने नेपालमा थाहा पाउन नसकेपछि परिक्षणका लागी जापान पठाइएको थियो र जापानको रिपोर्टमा बर्ड फ्लु देखिएको थियो ।

बर्ड फ्लु संक्रमित पक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ। रोगी पक्षीको मासु, अन्डा, सुलीलगायत बाहिर निस्किने पदार्थबाट रोग सर्छ। मासु चालाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्छ। बसाइ सर्ने चराको शरीरमा बर्ड फ्लुका जीवाणु सुरक्षित रहन्छन्। फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लु सर्छ। यस प्रकारका भाइरसले अतिछिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नया किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ।

बर्ड फ्लुबाट बच्ने उपायहरुः
-नियमित रुपमा साबुन पानिले हात धुने बानी बसाल्ने
-व्यक्तिगत सरसफाई तथा वरपरको सरसफाईमा ध्यान दिने
-मरेका कुखुरा, संक्रमित कुखुरा तथा चराचुरुङगीबाट टाढा रहने
-कुखुराको मासु राम्ररी पकाएर खाने
-कुखुरा लगायत पक्षीहरुको खोरमा काम गर्दा माक्स र पञ्चा लगाउने
-संक्रमित कुखुरका अन्डा र मासु नखाने, दाना र सुली नछुने
-आफुले प्रयोग गर्न लागेको कुखुराको मासु तथा अण्डा सम्बन्धि कारोबार गर्ने कम्पनिका कुखुरामा बर्डफ्लु छ कि छैन,
सुरक्षित छ कि छैन भनेर जाँच गरेर मात्र त्यस कम्पनीको मासु तथा अण्डा प्रयोग गर्नुपर्छ । इत्यादी ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja