प्राकृतिक पुलको दृष्यावलोकन गर्न झोलङ्गे पुल



पोखरा

पोखरा महानगरपालिका महतगौडा र टुटुङ्गाबीच सेतीनदी माथिको प्राकृतिक पुलको दृष्यावलोकन गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।

ढुङ्गा र माटोबाट निर्मित प्राकृतिक पुलबाट यातायातका साधन निर्वाधरुपमा ओहोरदोहोर गर्नुका साथै भूवनोटबारे अध्ययन अवलोकन गर्न सकिने सो पुल रु २७ लाख ५२ हजार ११९ को लागतमा निर्माण गरिने भएको हो । नेपाल सरकारको ९२ प्रतिशत, महानगर र उपभोक्ता समितिको क्रमशः ६ र २ प्रतिशत लगानीमा सस्वेन्सन प्रविधिबाट निर्माण गरिने सो पुल कूल ५६ मिटर लम्बाइको रहनेछ ।

महानगरपालिका प्रमुख मानबहादुर जिसीले आज एक समारोहबीच सो पुलको शिलान्यास गर्दै तोकिएको समय र गुणस्तरीय विकास निर्माणको आवश्यकता औँल्याए । सीतापाइला झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ र १५ का वडाध्यक्षद्वय तीर्थ अधिकारी र प्रकाश पौडेल, हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक आचार्य, निर्माण समितिका उपाध्यक्ष नगेन्द्र गुरुङलगायतले प्राकृतिक पुलको संरक्षणसँगै उजागर गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja