बदलियो किलोग्रामको परिभाषा, हाम्रो जीवनमा के असर गर्छ ?



पोखरा, २ मंसिर ।

वैज्ञानिकहरुले किलोग्राम (केजी)को परिभाषा परिवर्तन गरेका छन् । नयाँ परिभाषालाई ५० भन्दा बढी देशले सर्वसम्मतीले अनुमति दिइसकेका छन् ।
पहिले यसलाई प्लाटिनमबाट बनेको एक सिलको वजनसँग परिभाषित गरिन्थ्यो जसलाई ‘ली ग्रान्ड के’ भनिन्छ ।
हालै फ्रान्सको वर्साइल्समा ‘वेट एन्ड मेजर्स’बारे एक ठूलो सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा धेरै वैज्ञानिकहरु सहभागी थिए । सम्मेलनमा किलोग्रामको परिभाषा बदल्ने कि नबदल्ने भन्नेबारेमा भोटिङ भयो । किलोग्रामको पहिलेको परिभाषा बदल्ने पक्षमा भोटिङको नतिजा आयो ।
अधिकांश वैज्ञानिकहरुको धारणा किलोग्रामलाई यान्त्रिक र विद्युत चुम्बकीय ऊर्जाको आधारमा परिभाषित गर्नुपर्छ भन्ने थियो ।
लण्डनमा नेशनल फिजिक्स ल्याबरोटरीका वैज्ञानिक पेर्डी विलियम्सले यसबारे मिल्दोजुल्दो राय दिएकी थिइन् । उनी भन्छिन्, म लामो समयदेखि यो काममा जोडिएको थिएन र म किलोग्रामको माप चाहान्छु । तर यो आफैमा एक महत्वपूर्ण क्षण हो र राम्रो कदम हो । यो नयाँ तरिकाले राम्रोसँग काम गर्ने छ ।’
किलोग्रामलाई किन बदलियो रु
किलोग्रामको परिभाषा बदलिँदैमा मानिसको दैनिक जीवन प्रभावित हुने छैन तर उद्योग र विज्ञानमा यसको व्यहारिक प्रयोग हुने विश्वास छ किनभने यहाँ सटीक मापन हुनु आवश्यक छ ।
अन्तर्राष्ट्रिय मात्रक प्रणालीमा किलो सात बेसिक युनिट्सहरुमध्येको एक हो । त्यसमध्ये चार वटामा किलो, एम्पियर (विद्युत प्रवाह), केल्विन (ताप) र मोल (पार्टिकल नम्बर) पर्दछन् । किलोग्राम अन्तिम एसआई बेस युनिट हो जसलाई अझैसम्म एक फिजिकल अब्जेक्टद्वारा रिभाषित गरिएको छ ।
‘ली ग्राण्ड के’ लण्डनमा निर्मित ९० प्रतिशत प्लाटिनम र १० प्रतिशत इरिडियमबाट बनेको चार सेन्टिमिटरको एक सिलिण्डर हो, जुन पश्चिमी पेरिसको इन्टरेशनल व्यूरो अफ वेट्स एन्ड मेजर्स (बीआईपीएम) मा सन् १८८९ देखि बन्द छ । किनभने कुनै बस्तुको परमाणु सजिलै समाप्त हुनसक्छ या हावाबाट अणुलाई अवशोषित गर्न सक्छ । त्यसैले यसको मात्रालाई माइक्रोग्राममा दस पटक परिवर्तन गरिएको थियो ।
यसको अर्थ के हो भने किलोग्राम र स्तर मापनका लागि विश्वभर प्राटोटाइपको उपयोग गरिन्छ, जुन एकदमै अशुद्ध बताइन्छ । सामान्य जीवनमा यसमा फरक देखिँदैन तर सटिक वैज्ञानिक गणनाका लागि यसले ठूलो समस्या सिर्जना गर्दछ ।
नयाँ किलोग्राम
भविष्यमा नयाँ किलोग्रामलाई किब्बल या वाट ब्यालेन्सको उपयोग गरी मापन गरिने छ । यो एक यस्तो उपकरण हो जसले यान्त्रिक र विद्युत चुम्बकीय ऊर्जाको उपयोग गरेर सटिक गणना गर्दछ ।
यसो भएपछि न किलोग्रामको परिभाषा बदल्न सकिन्छ, न त यसमा क्षति पुर्याउन सकिन्छ । यसले केवल फ्रान्समा मात्र होइन विश्वभर वैज्ञानिकहरुलाई एक किलोको सटिक माप उपलब्ध गराउने छ ।
नयाँ किलोग्राम मे २०१९ सम्म प्रयोगमा आउने विश्वास छ । यसले इलेक्ट्रोन पम्पको माध्यमबाट काम गर्ने छ जसले एकपटक प्रवाहित विद्युतबाट औसत करेन्ट उत्पन्न गर्दछ र विद्युतको गणना गर्दछ ।
केल्भिन (तापमान युनिट)लाई परिभाषित गर्नका लागि ध्वनिको लागि प्रयोग हुने थर्मामिटरको उपयोग गरिने छ जुन एक निश्चित तापमानमा ग्यासले भरिएको क्षेत्रमा ध्वनीको गति मापन गर्नेछ ।
पदार्थको मात्रा मापन गर्नका लागि मोल, युनिटको प्रयोग गुेर पुनः परिभाषित गरिने छ जुसले शुद्ध सिलिकन–२८ मा सही परमाणुको मात्रा निर्धारित गर्ने छ ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja