बागलुङ्मा स्थानीय तहमा नेकपाको नेतृत्व चयन



पोखरा

जिल्लाका दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व टुङ्गिएको छ । पार्टी जिल्ला संयन्त्रको सिफारिशका आधारमा गण्डकी प्रदेश समितिले मङ्गलबार नेतृत्वको अन्तिम टुङ्गो लगाएको हो ।

यसअघि पार्टीको जिल्ला संयन्त्र बैठकले पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) लाई पाँच/पाँच स्थानीय तहमा नेतृत्व बाँडफाँट गर्ने निर्णय गरेको थियो । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्वएमालेको भागमा परेको छ । गलकोट नगरपालिका, ताराखोला, बरेङ, निसीखोला र तमानखोला गाउँपालिकाको नेतृत्व पूर्वमाओवादी केन्द्रले पाएको छ । एउटा दलको अध्यक्ष भएपछि सचिव स्वतः अर्को दलबाट हुने नीतिगत समझदारी बनेको थियो । बागलुङ नगरपालिकाको अध्यक्षमा धनबहादुर परियार, सचिवमा इन्द्र केसी, जैमनी नगरपालिकाको अध्यक्षमा इन्द्र थापा, सचिवमा झमन पाण्डे, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा डम्बर श्रीस चुनिएका छन्।

यस्तै ढोरपाटन नगरपालिकाको अध्यक्षमा लक्ष्मण पुन र सचिवमा भीम गौतमको टुङ्गो लागेको छ । काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की, सचिवमा कृष्ण थापा, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदीप थापा, सचिवमा प्रेम पौडेल, ताराखोला गाउँपालिकाको अध्यक्षमा पदम खत्री ‘दिवस’ र सचिवमा धनबहादुर बुढा चयन भएका छन्। यस्तै बडिगाड गाउँपालिकाको अध्यक्षमा गुणनिधि घिमिरे, सचिवमा वसन्त थापा, तमानखोला गाउँपालिकाको अध्यक्षमा नरेन्द्र छन्त्याल, सचिवमा लीलबहादुर पुन, निसीखोला गाउँपालिकाको अध्यक्षमा कुवीर विक र सचिवमा रुद्र पौडेल चुनिएका छन्।

गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकले स्थानीय तहको नेतृत्व टुङ्गाएको जिल्ला सचिव ज्ञामनाथ गैरे ‘अनिल’ ले बताए । पार्टीको जिल्ला संयन्त्रले स्थानीय तहमा सर्वसम्मत नेतृत्व छनोट गरी अनुमोदनका लागि प्रदेश समितिलाई सिफारिश गरेको थियो । सोमबार मात्रै पार्टी केन्द्रले जिल्ला समितिको नेतृत्व टुङ्गो लगाएको थियो । जिल्ला अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा ज्ञामनाथ गेरै ‘अनिल’ चुनिएका छन्। सापकोटा पूर्वएमालेबाट र गैरै पूर्वमाओवादी केन्द्रबाट हुन्। जिल्लाका ८५ वटै वडामा पनि एकता प्रक्रिया टुङ्गिएको नेकपा बागलुङले जनाएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja