मंगल ग्रहमा उत्रियो यान, के खुल्नेछ अर्बौं वर्ष पुरानो राज ?



पोखरा, ११ असोज ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान इन्साइट ल्यान्डर नेपाली समयानुसार मंगलबार राती करिब पौने दुई बजे मंगलग्रहमा उत्रियो ।
मंगल ग्रहका लागि पठाइएको यो नयाँ रोबोटले सात मिनेटमा ल्यान्डिङ गरेको हो ।
नासाको इन्साइट मिशनको लक्ष्य मंगलको जमिन र आन्तरिक भागको अध्ययन गर्नु हो र पृथ्वीबाहेक यो एक्लो ग्रह हो जसको नासाले यस्तो अध्ययन गर्दैछ ।
यसको ल्याण्डिङको क्रममा सात मिनेट निकै तनावपूर्ण बित्यो । उक्त यानले चरणबद्ध रुपमा धर्तीमा सन्देश पठाइरहेको थियो ।
जब इन्साइट मंगल ग्रहमा सुरक्षित तरिकाले अवतरण गर्यो तब क्यालिफोर्नियामा नासाको मिशन कन्ट्रोलमा खुसीको बहार छायो ।
उक्त यान एलिसियम प्लानिशिया नामको समथर मैदानमा अवतरण भएको छ जुन यो रातो ग्रहको भूमध्य रेखा नजिक छ ।
अहिलेका लागि वैज्ञानिक यो यानमार्फत वरिपरिको जानकारी र तस्बिरको प्रतिक्षा गरिरहेको छ ।
यी सबै जानकारी केही घण्टाभित्र धर्तीमा आउने सम्भावना छ ।

के हो इन्साइट ल्यान्डर ?
मंगलमा अवतरणका लागि सात मिनेट निकै महत्वपूर्ण मानिएको थियो । यसका लागि यानले आफ्नो गती २० हजार किलोमिटर प्रतिघण्टासम्म कम गर्नुपर्दथ्यो ।
इन्साइटले मंगल ग्रहबारे यस्ता जानकारी दिनसक्छ जुन अर्बौं वर्षदेखि पत्ता लाग्न सकेको छैन ।
आफ्नो अभियानको क्रममा यो यानले मंगलग्रहमा एउटा साइज्मोमिटर राख्नेछ जसले यसभित्रको हलचल रेकर्ड गर्नेछ । यसले मंगल ग्रहभित्र भूकम्पजस्तो कुनै हलचल हुन्छ कि हुँदैन भनेर पत्ता लगाउनेछ ।
यो पहिलो यान हो जसले मंगलग्रहलाई खनेर यसबारे रहस्यमयी जानकारी जुटाउनेछ । साथै, एक जर्मन उपकरण पनि मंगल ग्रहको जमिनको पाँच मिटर मुनी गएर तापक्रमबारे जानकारी दिनेछ ।
ग्रहको यो तापक्रममार्फत मंगल अहिले पनि कति सक्रिय छ भन्नेबारे पत्ता लाग्नेछ ।
यसको तेस्रो प्रयोगमा रेडियो ट्रान्समिशनको प्रयोग हुनेछ जसमार्फत यो ग्रह आफ्नो अक्षरेखामा कसरी घुम्छ भनेर पत्ता लाग्छ ।
यो अभियानसँग सम्बन्धित एक वैज्ञानिक सुजेन स्म्रेकर भन्छिन्, ‘तपाईं एउटा काँचो र पाकेको अण्डा लिनुहोस् । दुबैलाई घुमाउँदा त्यो भिन्न तरिकाले घुम्छ किनभने त्यसभित्रको तरल पदार्थ भिन्न हुन्छ । आजसम्म हामीलाई थाहा छैन कि मंगलभित्र तरल पदार्थ छ कि ठोस् छ । साथै, यसको भित्री भाग कति ठूलो छ त्यो पनि थाहा छैन । इन्साइटले हामीलाई त्यो जानकारी उपलब्ध गराउनेछ ।’

बीबीसी

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja