महायोगी सिद्धबाबा डा. श्रीवैष्णव कृष्णदासजीलाई पोखरामा नागरिक अभिनन्दन गरिने



पोखरा आज
पोखरा

महायोगी सिद्धबाबा डा. श्रीवैष्णव कृष्णदासजीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ । उनलाई गण्डकी प्रदेशका धार्मिक, सामाजिक संघ–संस्थाहरु, श्रद्धालु, भक्तजन, साधक तथा सम्पूर्ण नागरिकको तर्फबाट रथयात्रा गराई पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा नागरिक अभिनन्दन गरिने कुरा आयोजक जगद्गुरु महायोगी सिद्धबाबा नागरिक अभिनन्दन मूल समारोह समितीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस समितिका अर्थात् नागरिक अभिनन्दन कार्यक्रमका संयोजकमा शुक्रराज शर्मा छन्।

सिद्धबाबा डा. श्रीवैष्णव कृष्णदासजीको रथयात्रा प्रस्थान नारायणस्थान स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट मिति २०७५ चैत्र ९ गते शनीबार बिहान ११ बजे हुने कुरा आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । उनको रथयात्रा लक्ष्मीनारायण मन्दिरपरिसरबाट सुरु भई नदीपुर चोक–पालिखे चोक–महेन्द्रपुल–चिप्लेढुङ्गा–न्युरोड–सभागृह चोक–पृथ्वीचोक–नयाँबजार हुँदै दिनको १ बजे पोखरा प्रदर्शनी केन्द्रमा पुगी नागरिक अभिनन्दन समारोहमा परिणत हुने कुरा आयोजकद्वारा जनाइएको छ ।

नागरिक अभिनन्दन समारोहमा मुख्य आतिथ्यताका रुपमा गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय बाबुराम कुँवर गण्डकी प्रदेशका मुख्य मन्त्री माननीय पृथ्वीसुब्बा गुरुङ हुने कुरा पनि आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै समारोहमा नागरिक अभिनन्दन समितिका प्रमुख संरक्षक विन्ध्यवासिनी मन्रिका पीठाधिश्वर श्री १००८ स्वामी निशेषानन्द महाराज तथा निजामति,सेना, प्रहरी तथा शसस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीहरु तथा अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने कुराको जानकारी दिइएको छ ।

को हुन् महायोगी सिद्धबाबा डा. श्रीवैष्णव कृष्णदासजी?
महायोगी सिद्धबाबा डा. श्रीवैष्णव कृष्णदासजीको जन्म सोलुखुम्बु जिल्लामा भएको हो । उनले भारतमा गई सिद्धि प्राप्त गरी नेपालकै सेवा गर्न फर्किआएको कुरा प्रेस विज्ञप्तिमा बताइएको छ। उनलाई भारतमा विभिन्न धर्मगुरुहरुद्वारा आद्य जगतगुरु श्री रामानन्दाचार्य पदद्वारा विभूषित गरिएको हो । उनले व्यक्ति, समाज, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको उत्थान एवं पाशुपात सिद्ध महायोगको माध्यमद्वारा जनजीवनमा धेरै योगदान पुर्याएको कुरा बताइएको छ । उनका २० लाख साधक तथा १५०० साधक आश्रम रहेका छन् । उनले इश्वरत्व प्राप्त गरी नेपालमा आई देशका विभिन्न जिल्लाहरुमा कार्यथलो बनाई सेवा गर्दै आएको कुरा प्रेस विज्ञप्तिमा बताइएको छ। उनी विभिन्न रोग शोकले आक्रान्त नेपाली समाजलाई योग र स्वदेशी उत्पादित विभिन्न जडिबुटिका माध्यमले निरोगी, स्वस्थ बनाउने संकल्पको साथै आफुले पाएको ज्ञानद्वारा समाज र देशमा आध्यात्मिक, धार्मिक तथा सामाजिक रुपमा सेवा गर्ने संकल्पसहित नेपाल आएको कुरा विज्ञप्तिमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja