राणा शासनविरुद्ध लडेका कांग्रेसशहिदहरुले प्रयोग गरेको ‘जय नेपाल’ शब्द कम्युनिष्टहरुलाई के थाहा !



पोखरा

 

-नैनसिंह महर
(लेखक नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष हुन् ।)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेपालका कम्युनिष्टहरु तत्कालीन राजा महेन्द्रको उत्पादन भएको बताएका छन् ।

सकारका प्रवक्ता गोकुल बाँस्कोटाको अभिव्यक्तिको खण्डन गर्दै नेता महरले नेपालको इतिहास महेन्द्रबाट नै सुरु भएको हो भन्ने भ्रममा नपर्न बताएका हुन् । यसअघि सञ्चारमन्त्री बाँस्कोटाले तत्कालीन राजा महेन्द्रले २०१७ सालमा कू गर्दा प्रयोग गरेको ‘जय नेपाल’ शब्द बोकेर हिँड्नेहरूले नै ‘मेरो सरकार’ को आलोचना गरेको बताएका थिए ।

नेता महरले राणा शासनविरुद्ध लडेका शहिदहरुले प्रयोग गरेको ‘जय नेपाल’ शब्द कांग्रेसले आफ्नो स्थापनादेखि प्रयोग गर्दै आएको तथ्य महेन्द्रका उत्पादन कम्युनिस्टले बुझ्न नसक्ने बताए ।
‘महेन्द्र होइन उनका पिता त्रिभुवनलाई नै राजाको कुर्सीमा पुनर्स्थापित गरिदिएको हो, कांग्रेसले ००७ सालमा । विचरा महेन्द्र त निक्कै पछि राजा भएका हुन् ।’ सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘१९९७ मा राणा शासनमा शहिद बनाइएको अन्तिम बेलामा महान् शहिदहरूले प्राण त्याग्दै गर्दा भनेको ‘जय नेपाल’ शब्द कांग्रेसले आफ्नो स्थापनादेखि प्रयोग गर्दै आएको तथ्य महेन्द्रको कोखबाट हुर्किएको प्रजातन्त्रको वैरी निरंकुश शासन कालका मण्डले मन्त्री खड्ग वहादुरसिंह द्वारा उद्घाटित अनेरास्वियु (अखिल)का उत्पादन नेपालको एकखाले कम्युनिष्ट आन्दोलनका विद्यार्थीहरूलाई के थाहा !’

यस्तै उनले बहुदल र निर्दलवीचको जनमत संग्रहमा पनि पन्चायतको हात वलियो पार्न र निर्दल जिताउन कम्युनिस्टहरु सक्रिय भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja