राष्ट्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य



पोखरा

स्वतन्त्र पत्रकार सङ्घ नेपाल कास्की शाखाको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको आज यहाँ उद्घाटन कार्यक्रममा आम नागरिक र राष्ट्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएकोमा जोड दिइएको छ ।

विभिन्न रुपमा स्वतन्त्र प्रेसमाथि आक्रमण भइरहेको बताउँदै कार्यक्रमका वक्ताले पाइला पाइलामा बढ्दै गएको दण्डहिनता एवं सामाजिक विकृति विसङ्गतिको अन्त्यका लागि पत्रकारिता क्षेत्र बलियो बन्नुपर्ने धारणा राखे । प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुलीले नेपाली जनताले बनाएको संविधानका धारा उल्ट्याउँदै स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम भइरहेको बताए । पत्रकार जगत कमजोर भयो भने त्यसले समाज र राष्ट्रलाई कमजोर बनाउने उल्लेख गर्दे उनले पत्रकारिता क्षेत्रलाई बलियो बनाउनु आवश्यक रहेकोमा जोड दिए ।

स्वतन्त्र पत्रकार सङ्घ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले दलगत रुपमा पत्रकार यो वा त्योसँग निकटबन्दा त्यसको समग्र पत्रकारितालाई नै कमजोर बनाएको बताए । पत्रकारिताको मर्म र भावनालाई उच्च बनाउनका लागि पनि पत्रकार स्वतन्त्र हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले पत्रकारको हकहितको सुरक्षाका लागि सङ्घ निरन्तर क्रियाशिल बन्ने विश्वास व्यक्त गरे । सङ्घका सल्लाहकार एवं नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीले महासङ्घको निर्वाचनका बेला प्रत्येक पटक न्यूनतम पारिश्रमिकको विषय मुख्य मुद्दा बनाइने गरे पनि पत्रकारले उक्त पारिश्रमिक प्राप्त गर्न नसकेको धारणा राखे। उनले स्वतन्त्र पत्रकार सङ्घले पत्रकारसँग सरोकार राख्ने न्यूनतम पारिश्रमिक, पत्रकारका हकहित लगायतका मुद्दालाई लिएर अघि बढ्नुपर्ने धारणा राखे । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले विभिन्न नाममा स्वतन्त्र प्रेसविरोधी गतिविधि बढेको प्रति गम्भीर बन्नुपर्नेमा जोड दिए ।

स्वतन्त्र पत्रकार सङ्घ कास्की शाखाका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नारायण भट्टराई, सङ्घका पूर्वमहासचिव कमल पौडेल, खेलकूद पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष एकराज गिरी, सङ्घका सल्लाहकार एवं नेपाल पत्रकार महासङ्घ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्मा, कृष्ण रानाभाट, असफल गौतमले स्वतन्त्र प्रेसमाथि विभिन्न बाहनामा गरिएका षडयन्त्र प्रति बेलैमा सचेत बन्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja