लायन्सको शुक्रबारदेखी पोखरामा महाधिवेशन हुँदै



पोखरा

आगामी शुक्रबारदेखि पोखरामा हुन गइरहेको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ को सातौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
गण्डकी तथा पोखरामा क्रियाशील महिला लायन्स क्लबको संयुक्त आतिथ्यतामा लायन्स क्लब अफ पोखराको महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनका लागि गभर्नर पदमा ईन्दु लम्साल र फस्ट भाइस गभर्नर पदमा मन रोकाको उम्मेदवारी छ । उनीहरु दुवैले ‘एस’मत लिनुपर्नेछ । सेकेण्ड भाइस गभर्नर पदमा ध्रुवबहादुर श्रेष्ठ र विशेश्वर आचार्य चुनाव लड्दै छन् । अहिलेसम्म दुई हजार लायन्स सदस्यहरुले रजिष्ट्रेशन गरिसकेको र रजिष्ट्रेशनको काम जारी रहेको कुरा आयोजक समितिले जानकारी दियो । यस महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्नुका साथै लायन्स सस्यहरुविच आपसी भाइचाराको सम्वन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको छ । महाधिवेशनको खर्च ७५ लाख ५० हजार लाग्ने आयोजकले जनाएको छ । महाधिवेशन शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja