विद्युत् नहुँदा तीन महीनादेखि डोल्पा अन्धकार



पोखरा

तीन महीनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।

विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या भएको हो । अस्पतालमा जोडिएका सौर्य ऊर्जा (सोलार)बाट आपूर्ति भएको विद्युत्ले काम नगर्दा दैनिक समस्या भएको अस्पतालले जनाएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाको नहर सुक्खा पहिरोले तीन महीना अघि भत्किएपछि डोल्पा सदरमुकामलगायत एक हजार २०० घरधुरीमा विद्युत् सेवा ठप्प हुँदै आएको छ । विद्युत् नहुँदा जिल्ला अस्पतालमा एक्सरे गर्ने बिरामीका आफन्त आफै जेनेरेटर भाडामा लिएर एक्सरे गर्दै आएका छन् ।

डोल्पा अस्पतालमा अहिले डिजिटल एक्सरेसमेत नभएको चिकित्सकले बताएका छन् । विद्युत् नभएकाले विद्यार्थीलाई अध्ययनमा समस्या भएको छ । त्यस्तै डोल्पाका रहेका बैंक सञ्चालन गर्न समस्याा भएको छ । स्थानीय रेडियोले जेनेरेटर प्रयोग गरी समाचार मात्र प्रसारण गर्दे आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja