विवाह बन्धनमा बाँधिइन् अमेरिकन ‘पप स्टार’ माइली साइरस



पोखरा, १३ पुुस ।

अमेरिकन ‘पप स्टार’ माइली साइरसले अष्ट्रेलियन अभिनेता लियाम हेम्सवर्थसँग विवाह बन्धनमा बाँधिएको स्वीकार गरेकी छिन् । 

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर सार्वजनिक भएपछि उनको विवाह भएको कुरा बाहिरिएको हो । 

एक दशकअघि फिल्म ‘द लास्ट सङ’ बाट नजिकिएका साइरस र लियामले परिवार र नजिकका साथीभाईको उपस्थितीमा विवाह गरेको बीबीसीले जनाएको छ । 

गत नोभेम्बरमा क्यालिफोर्नियामा आगलागीमा घर गुमाएकी माइलीले  आफ्नो नयाँ घरमा विवाह गरेकी हुन् । 

सन् २०१२ मा इन्गेजमेन्ट गरेका यी दुईको सम्बन्धमा खटपट आएको र अलग भएको समाचार बाहिरिएको थियो फेरि पछि २०१५ मा दुवै एकसाथ देखिएका थिए । 

 

ratopati

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja