सबैले न्यायको अनुभूति गर्न पाउनुपर्छ



पोखरा

सबैले न्यायको अनुभूति गर्ने वातावरण बनाउन जरुरी रहेकोमा जोड दिइएको छ ।

६८ औँ कानून दिवसको अवसरमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले आज बुटवलमा आयोजना गरेको कार्यक्रमका सहभागीले कानूनको अनभिज्ञता क्षम्य नहुने भएकाले बुझ्न र बुझाउन आवश्यक रहेको बताए । कार्यक्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासका प्रमुख न्यायाधीश कुमारप्रसाद पोखरेलले मुलुकमा विधिको शासन स्थापनाका लागि न्यायालय स्थापना भएकाले सबैले न्याय र कानूनको अनुभूति गर्न पाउनुपर्ने धारणा राखे । जनताले जनताका लागि नै कानून बनाएको हुँदा सबैलाई जान्ने अधिकार भएकाले सचेतना बढाउनुपर्ने बताए । “सबैले न्यायाधीश बनेर कमीकमजोरीको मूल्याङ्कन गर्नुपर्छ, अनिमात्रै न्याय पद्धति पनि बलियो हुँदै जान्छ”, उनले भने।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले आम नागरिकले सहज ढङ्गले छिटो न्याय पाउने वातावरण बनाउनुपर्ने बताइन् । मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले सबैले कानुनअनुसार आचरण र व्यवहार सुधार्न जरुरी रहेको उल्लेख गरे । न्यायाधीश गोकर्ण डाँगीले मुलुक नयाँ व्यवस्थामा गएका कारण कानून कार्यान्वयनमा चुनौती थपिएको छ भने । नागरिक समाजका प्रतिनिधि पुनाराम पोखरेलले न्यायालयप्रति जनताले प्रश्न गर्ने अवस्था आउन नदिने गरी काम गर्न सुझाव दिए।

 

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja