सरकार तानासाहि बन्दै : कांग्रेस नेता नैनसिंह महर



पोखरा

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले सरकार नियन्त्रित डेमोक्रेसीको पथमा अग्रसर भइरहेको आरोप लगाएका छन्।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले उक्त आरोप लगाएका हुन्।उनले सरकार तानासाहि बन्दै गएको आरोप लगाएका छन् । केन्द्रले प्रदेशलाई काम, स्रोत र अधिकारविहीन बनााएर तानासाहको उदाहरण दिएको बताए । उनले सरकारले प्रेसलाई समेत नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् । महरले अहिलेको सरकारले संघियता पनि चलाउन नसकेको आरोप लगाउँदै जनतामा ठुलाठुला सपना बाँडेर पुरा गर्न नसकेकाले सरकार आत्तिएको आरोप लगाए । लोकतान्त्रिक देशमा जनताको आवाज दबाउन खोजिएको आरोप लगाउँदै समयमै सरकार नसच्चिए कडा कदम चाल्न आफुहरु पछि नपर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja