‘सामाजिक सञ्जालको दुरुपयोगले आपराधिक क्रियाकलाप र विकृति बढ्दै’



पोखरा

नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ ।

सहीरुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको भन्दै प्रहरीले सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले यस्ता विकृति र अपराध रोकथामका लागि नै समुदाय–प्रहरी साझेदारी कार्यक्रम आएको उल्लेख गर्दै अपराधको प्रवृत्ति परिवर्तन भइरहेको जानकारी दिए ।

शनीबार महानगरीय प्रहरीवृत्त कालीमाटी र सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त आयोजनामा सुरक्षा सुदृढीकरणसम्बन्धीको अन्तरकृयामा उनले समुदायको सहयोग प्राप्त भएमा यस्ता अपराध नियन्त्रण गर्न सफलता हासिल गर्न सकिनेसमेत बताए । समाजमा हुने अपराध रोकथाम तथा न्यूनीकरणका लागि समुदाय र फ्रहरीबीच सहकार्य गर्ने विषयमा शनीबारै चन्द्रागिरिमा समेत अन्तर्क्रिया कार्यत्रम सम्पन्न भएको थियो। शनिबारैगोंगबुमा समेत सामाजिक विकृति, विसङ्गति न्यूनीकरणसम्बन्धी कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja