सिरियाका पौने दुई लाख शरणार्थी लेबनानबाट घर फिर्ता



पोखरा

लेबनानमा रहेका पौने दुई लाख सिरियाली शरणार्थीहरू घर फर्किएको अधिकारीहरूले बताएका छन् ।

लेवनानका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार यही मार्च सम्ममा स्वदेश फर्किने सिरियाली शरणार्थीहरूको संख्या एक लाख ७२ हजार ४६ पुगेको छ ।

“सिरियाली शरणार्थीहरूलाई आफ्नै देशमा फर्काउनका लागि लेबनानले स्वंयसेवी भएर निरन्तर रूप धेरै कामहरू गरेको छ,” एक अधिकारीले भने । उनले आगामी दिनमा पनि निरन्तर यो काम गरिरहने पनि बताए ।

केही शरणार्थीहरूले भने सिरिया फर्किएपनि सुरक्षित रहन नसकेको बताएका छन । स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन् । यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् ।

हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रूपमा बाँच्नु परिरहेको अवस्था छ ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja