‘सुन साइली‘’, ‘काले दाइ.. काले दाइ’ लगायतमा कला देखाएका उज्वलद्वारा आफ्नै बुहारीको हत्या



पोखरा

ललितपुरमा जेठाजुद्वारा आफ्नै बुहारीको विभत्स तरिकाले हत्या भएको छ । घटनाको प्रकृति हेर्दा प्रहरीकै आङ सिरिङ्ग भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

हालसम्मको प्रहरी अनुसन्धानले उनको हत्याको कारण खुलाउन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुग्दा उनको टाउकोमा थोरै छाला मात्रै शरीरमा अड्किएको थियो । खुट्टाले भुइँ छोए पनि आधा शरीर खाटमै थियो । कोठामा रगतको आहाल थियो । अञ्जनामाथि कतिपटक हतियार प्रहार गरियो भन्ने लख काट्नसमेत मुस्किल छ । खुला रुपमा देखिने खत त कति हो कति १ कपडा पनि अधिकांश ठाउँ काटिएका थिए ।

शरीरमा पटकपटक खुकुरी प्रहार गर्दा न त घरमै रहेकी आमाले थाहा पाइन् न त छिमेकीले नै । बुहारी हत्या आरोपमा पक्राउ परेका उज्वल म्यूजिसियन हुन् । उज्वल डिप्रेसनका बिरामी भएको परिवारले बताएको छ भने माइती पक्ष हत्यामा जेठाजु मात्र संलग्न रहेको स्वीकार्दैन । अन्तरजातीय विवाहका कारण घटना भएको हुनसक्ने भन्दै छानविन गर्नुपर्ने माइती पक्षको माग छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja