हत्या र हिंसा नियन्त्रण गरिने सरकारको प्रतिवद्धताः गृहमन्त्री



पोखरा, १० असोज ।
गृहमन्त्री रामबहादुर थापाले अहिलेको बढ्दो हत्या र हिंसाका घटनालाई रोक्न सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा उठाएका हत्या, हिंसाका घटनाबारे सदनलाई जानकारी दिँदै उनले राजनीतिक सङ्कल्प र कठोर कानून बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रण गरिने प्रतिवद्धता जनाए।
निर्मला पन्तको हत्या महिला हिंसाको प्रतिनिधिमूलक घटना भएको बताउँदै उनले निर्मला पन्तमा सम्बन्धित निकायको गम्भीर कमजोरी र गैरजिम्मेवारीका कारण अनुसन्धानमा केही ढिलाइ भए पनि हत्यारालाई कानूनी कठघरामा उभ्याउन सफल हुने विश्वास दिलाए।
त्यस्तै हालको हत्या हिंसा बढ्नुको कारण लागुऔैषध र घरेलु मदिरा रहेको औँलयाउँदै थापाले त्यसलाई रोक्ने प्रयास पनि भैरहेको बताए । उनले वर्तमान सरकार स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेको हुँदा त्यसलाई रोक्ने सफल हुने अठोट व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja