९ प्रकारका टाउको दुखाइहरुः दुख्ने स्थान र उपचारहरु



पोखरा, १८ भदौ
विश्व स्वास्थ्य संगठनका अनुसार टाउको दुखाइ एउटा सामान्य गुनासो हो । यो समस्या धेरै मान्छेमा हुन्छ । यहाँ ९ प्रकारका टाउको दुखाइ, तिनका कारण र उपचारका विधिहरु दिइएको छः

१. सामान्य टाउको दुखाइ
दर्दनाशक औषधि(पेनकिलर) द्वारा यो सजिलै ठिक हुन्छ । तर बारम्बार दुखाइ बल्झियो भने गम्भिर समस्याको कारणले पनि हुन सक्छ त्यसकारण टाउको दुखिरहेमा विज्ञहरुलाई देखाउनुपर्छ ।

२. माइग्रेन टाउको दुखाइ

माइग्रेन दुखाइको सबभन्दा नराम्रो पक्ष भनेको यसको दुखाइ धेरै लामो समयसम्म हुन्छ । यो दुखाइ टाउकाको एउटा छेउमा हुन्छ । प्रकाश र ध्वनी यसको एकदम संवेदनशिल पक्ष हुन । यसको कारणले कहिलेकाहिँ वाकवाकी लाग्ने र वान्ता पनि हुन सक्छ । पुरुषहरुलाई भन्दा महिलाहरुलाई ३ गुणा बढि यो समस्या भएको पाइएको छ । यसका कारकहरु अनिदो बस्नु, खानाको समयतालिका नहुनु, शरीरमा पानीको अभाव हुनु, असन्तुलित हर्मोनहरु, एलर्जी इत्यादी हुन् ।
कहिलेकाहीँ दुखाइ सुरु हुँदा चम्किलो प्रकाश, बाङ्गाटिङ्गा धर्साहरु , ताराजस्ता देखिन्छन् । यदि तपाइँलाई लगातार ३ देखी ६ दिनसम्म धडकिदै टाउको दुखेको छ भने डाक्टरसँग सल्लाह लिइहाल्नुहोस् ।

३. तनाव टाउको दुखाइ

तनावद्वारा हुने टाउको दुखाइ धडकिदैन तर टाउकाको चारैतिर दुखेको अनुभव हुन्छ । यसको मुख्य कारण तनाव हो र यो जो कोहीलाई पनि हुन सक्छ । यस्तो अवस्थामा ओ.टि.सि. रिलिभर्स लिन सकिन्छ र यसबाट पनि निको भएन भने डाक्टरलाई देखाउनुपर्छ ।

४. साइनस टाउको दुखाइ

यस प्रकारको टाउको दुखाइको बेला गालामा र आँखामा दुखाइ र चापको अनुभव हुन्छ । दाँत दुखाइ र सँुघ्ने शक्तिको कमि हुनु यसको लक्षण हुन् । यसलाई खकार तथा सिँगानजन्य विकारहरुलाई कमि गरेर उपचार गर्न सकिन्छ । ९० प्रतिशत साइनस हेडएक माइग्रेन हो ।

५. ठन्डरक्ल्याप हेडएक

एक्कासि र ६० सेकेण्डसम्म एकदम दुख्ने टाउको दुखाइ ठन्डरक्ल्याप हेडएक हो । यो ५ मिनेटसम्म दुख्न सक्छ र एकदम खतरनाक पनि हुन्छ र ज्यान पनि जान सक्छ । दिमागमा झड्का, दिमागको संक्रमण, दिमागको नशाहरु बन्द भएर, स्पिनल फ्लुडको चुहावटको कारणले यस्तो समस्या हुन सक्छ । यदि यस्तो प्रकारको टाउको दुखाइ भएमा चिकित्सककहाँ देखाइहाल्नुपर्छ ।

६.क्लस्टर हेडएक

यस्तो प्रकारको टाउको दुखाइ आँखाको पछाडिपट्टि हुन्छ । दुखाइको साथसाथै त्यस भाग सुनिने, रातो हुने, पसिना आउने, पोल्ने इत्यादि हुन्छ । यो दुखाइ लगातार १५ मिनेटदेखी १ घण्टासम्म हुन सक्छ । नाक भारी हुने, आँखामा आँशु आइराख्नु यसको लक्षण हुन् । यो दिनमा ४ पटकसम्म दुख्न सक्छ । वसन्त ऋतुको समयमा यो धेरै हुन्छ र महिला भन्दा पुरुषलाई ३ गुणा बढि हुन्छ । डाक्टरसँगको सल्लाह लिनु नै यसको उत्तम उपचार हो ।

७. एलर्जी हेडएक

यसको मुख्य लक्षणहरु भनेको नाकबाट पानी बगिराख्नु, हाँच्छ्यु आउनु र अाँखामा आँशु आइराख्नु हो । सामान्यतया मौसम परिवर्तनको समयमा यो हुन्छ ।

८. एयरप्लेन हेडएक

१२ जनामध्य १ जनामा यो समस्या हुन सक्छ । हावाको चापमा फरक आउँदा यो समस्या आउन सक्छ । यो दुखाइ टाउकाको एउटा भागमा हुन्छ । यस्तो बेलामा पानी प्रशस्त पिउने, शान्त बस्ने गर्नुपर्छ र पेनकिलर पनि लिन सकिन्छ ।

९. काम गराइद्वारा हुने टाउको दुखाइ
यस्तो टाउको दुखाइ धेरै कामहरु गर्दा हुन्छ । यो सामान्य हो । यो दुखाइ ५ मिनेटदेखी ३ दिनसम्म हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja