पछिल्लो २४ घण्टामा भारतमा थप ३० हजार संक्रमित
पोखरा
भारतमा पछिल्लो २४ घण्टामा थप ३० हजार ३१ जनामाकोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १७ लाख २५ हजार ३९९ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ११ हजार ४६९ जना संक्रीय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ४२० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार २२८ पुगेको छ ।