वरिष्ठ नेता रामचन्द्र पौडेल पनि हिन्दूराष्ट्रको पक्षमा
पोखरा
महाधिवेशनको निकटतासँगै नेपाली काँग्रेसमा पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ ।
काँग्रेसमा हिन्दूराष्ट्रका सबैभन्दा विरोधी नेताहरुमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, गगन थापा, कृष्णप्रसाद सिटौला र शेरबहादुर देउवाको नाम लिइन्छ ।
तर पछिल्लो समय विमलेन्द्र निधि र रामचन्द्र पौडेलले आफू हिन्दूराष्ट्रको पक्षमा भएको सन्देश आफ्नो बैठक कक्षदेखि नयाँ दिल्लीसम्म प्रवाह गरिरहेका छन् ।
काँग्रेसमा हिन्दूराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैरजातिवादका पक्षधरहरुको बाहुल्य छ ।उक्त मत आफूतिर आकर्षित गर्ने प्रयासमा काँग्रेसमा नेताहरुले गरिरहेका छन् ।
बन्द कोठहरुमा काँग्रेसका नेताहरु आफू हिन्दुधर्वावलम्बी भएको बचाएर मूल कुुरा छल्न खोज्दैछन् ।
–यो समाचार घटना र विचार साप्ताहिकमा छ ।